राष्ट्रिय सभा अध्यक्षको चुनाव पर्सि हुने

 फागुन २७, २०८० आइतबार १५:१८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय सभा अध्यक्षको चुनाव पर्सि मङ्गलवार हुने भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्षता गर्नुभएकी उपाध्यक्ष उर्मिला अर्यालले फागुन २९ गते मतदानको मिति तोक्नुभएको हो ।

त्यसअघि बिहान बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले पूर्वनिर्धारित समय फागुन २९ गते नै चुनाव गर्ने निर्णय गरेको थियो । बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले चुनावको मिति सार्न प्रस्ताव गरे पनि बैठकले अस्वीकृत गरेको छ ।

मङ्गलवार हुने चुनावका लागि भोलि साेमवार मनोनयन दर्ता हुनेछ । यसअघि राष्ट्रिय सभाको अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सनाको कार्यकाल सकिएकोले अध्यक्षको चुनाव हुन लागेको हो । नयाँ गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादीले पाउने सहमति भएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया