दमौलीका बासिन्दाले मुआब्जा लिएर घर भत्काउन थाले

 फागुन २७, २०८० आइतबार १५:३६:१८ | रासस
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको सदरमुकाम दमौलीका बासिन्दाले मुआब्जा लिएर घर भत्काउन थालेका छन् । दमौलीमा भत्किने ७० वटा घरमध्ये ५० जनाले पहिलो किस्ताबापतको मुुआब्जा बुझेर घर भत्काउन शुरु गरेका हुन् ।

पहिलो किस्ता लिएकामध्ये १३ जनाले आफैँ घर भत्काउन शुरु गरेका छन् । घर भत्काइसकेपछि बाँकी दोस्रो किस्ताबापतको मुआब्जा दिने मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । विस्तारपछि सडक केन्द्रबाट दायाँबायाँ २३/२३ मिटरको हुनेछ ।

पृथ्वी राजमार्ग सडकअन्तर्गत पूर्व–पश्चिम गरी दुई खण्डमा अहिले सडक विस्तारको काम भइरहेको छ । अहिलेसम्म पूर्वी खण्डमा ५१ प्रतिशत र पश्चिम खण्डमा १७ दशमलव पाँच प्रतिशत प्रगति रहेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया