दश पटकसम्म स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित नरसिंह व्यञ्जनकारको निधन

 फागुन २८, २०८० सोमबार ९:४५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । हिजो नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको हो ।

व्यञ्जनकार लगातार दश पटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा नम्बर १० का अध्यक्षमा निर्वाचित हुनुभएको थियो । गएको स्थानीय चुनावमा भने उहाँ नेपाली कांग्रेसबाट उम्मेदवार उठेका भतिज रविनमान व्यञ्जनकारसँग पराजित हुनुभएको थियो । व्यञ्जनकारको वडाध्यक्ष यात्रा २०२९ सालदेखि शुरू भएको थियो ।

त्यतिबेला उहाँले कांग्रेसबाट उठेका आफ्नै भाइ कर्मलाललाई हराउनुभएको थियो । उहाँले स्वतन्त्र उम्मेदवारमा उठेर पहिलो पटकमा नै चुनाव जित्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया