पोखराको काहुँ डाँडामा सल्किएको डढेलोले बस्तीमा क्षति पुर्‍याउन सक्ने जोखिम टर्‍याे

 चैत ६, २०८० मंगलबार १२:३७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखराको काहुँ डाँडामा सल्किएको डढेलोले बस्तीमा क्षति पुर्‍याउन सक्ने जोखिम टरेको छ । गए राति डढेलो तीव्ररूपमा फैलिएको तर तत्कालै निभाइएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार डढेलो फैलिएर लागेको आगोले जङ्गलमा क्षति पुगेको छ । तर बस्तीमा हुनसक्ने जोखिम टरेको छ । प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयवासीकाे सहयाेगमा आगाे गए राति नै निभाइएकाे थियाे । बस्तीमा आगो फैलन नदिन अग्निरेखा बनाइएको थियो ।

मणिपाल अस्पताल नजिकै रहेको काहुँ डाँडासहित पोखराका अरू सात/आठ ठाउँमा हिजो डढेलो देखिएको थियो । नेपालमा यस वर्ष पर्याप्त हिउँदे वर्षा नभएका कारण सुक्खा बढेसँगै डढेलो र आगलागीको जोखिम पनि बढेको छ । केही दिनयता देशका विभिन्न ठाउँमा डढेलो र आगलागीका घटना हुँदै आएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया