सुदूरपश्चिका पाँच जिल्लामा सिँचाइका लागि विशेष कार्यक्रम सञ्चालन

 चैत १३, २०८० मंगलबार १२:६:४१ | रासस
unn.prixa.net

फाइल तस्बिर

कैलाली - सुदूरपश्चिम प्रदेशको कैलाली–कञ्चनपुर तथा अन्य तीन वटा जिल्ला गरी पाँच जिल्लामा समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम सञ्चालन भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका, लम्कीचुहा, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिका, कञ्चनपुरको कृष्णपुर, पुनरवास नगरपालिका तथा लालझाडी गाउँपालिकामा डिपट्युबेलबाट पानी निकालेर कार्यक्रम सञ्चालन गरिएको महाकाली सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सालिक भुसालले बताउनुभयो ।

यसैगरी कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको बाँके र बर्दियामा डिपट्युबेलमार्फत सिँचाइ उपलब्ध पुर्याउने उद्देश्यले समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रम सञ्चालन भैरहेको छ ।  यी जिल्लामा किसानलाई आवश्यकताका आधारमा बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध गराउने गरी कार्यालयले ठाउँ छनोट गरेर डिपट्युबेल निर्माणको काम अघि बढाएको छ ।

एउटा डिपट्युबेल जडानका लागि झण्डै ८५ लाख भन्दा धेरै खर्च लाग्ने अनुमान छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया