अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा दुई जना नेपालीको ज्यान गयो
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – विदेशबाट फर्किएर सहुलियत ऋणका लागि आवेदन दिएका मध्ये १८ हजार ७ सय ६७ जना युवा सूचीकृत भएका छन् ।
सहुलियत ऋणका लागि आवेदन दिएका २० हजारभन्दा धेरै युवामध्ये १८ हजार ७ सय ६७ युवालाई ऋणका लागि सूचीकृत गरिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
विदेशबाट फर्किएका र स्वदेशमै केही गर्न चाहने युवालाई सहुलियतमा १० लाख रुपैयाँसम्म ऋणका लागि गएको मंसिर १३ गते सरकारले आवेदन मागेको थियो ।
आवेदन दिनेमध्येबाट मापदण्ड पुगेका युवालाई सूचीकृत गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।
‘हामीले मापदण्ड पुगेका युवालाई सूचीकृत गरेर मन्त्रालयमा पठाएका छौं, अब मन्त्रालयले नै सम्बन्धित बैंकबाट ऋण दिन सहयोग गर्छ,’ उहाँले भन्नुभयो ।
बोर्डले सूचीकृत गरेपछि बिना धितो ऋण लिन युवालाई सहज हुने उहाँले बताउनुभयो । ‘हामीले सिफारिस गरेका युवालाई ऋण लिन सजिलो हुन्छ,’ उहाँले भन्नुभभयो, ‘बैंकहरुलाई मापदण्ड पूरा गरेका युवालाई ऋण दिन कुनै झन्झट पनि हुँदैन, योग्य मानिस हो भनेर हामीले नै सिफारिस गर्नेछौं ।’
विदेशबाट फर्किएको तीन वर्ष पूरा नभएका र स्वदेशमै केही गर्ने योजना भएका युवालाई सहुलियत ऋणका लागि सरकारले सहजिकरण मात्रै गरेको भन्दै उहाँले सरकारले आफैं ऋण दिने नभई बाणिज्य बैंकहरुले ऋण दिने पनि स्पष्ट पार्नुभयो ।
ऋणका लागि निवेदन दिएका र सूचीकृत भएका युवाले अब आफ्नो व्यवसायीक योजनासहित बाणिज्य बैंकमार्फत ऋण लिन सक्नेछन् । तर सबैले १० लाख रुपैयाँ नै पाउँछन् भन्ने हुँदैन ।
विदेशबाट फर्किएर स्वदेशमै केही गर्न चाहने युवालाई उनीहरूको सीप र क्षमता र योजनाको आधारमा १० लाख सहुलियत ऋण दिने योजना चालु आर्थिक बर्षमा योजना ल्याएको थियो ।
सरकारले गएको असोजमा स्वीकृत भएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कायवधि, २०७५’ अनुसार विदेशबाट फर्किएका युवालाई १० लाख रुपैयाँ ऋण दिने योजना अघि सारेको हो ।