ओमानमा नेपाली सुरक्षित, भिसा सकिए अनलाइनमार्फत आवेदन दिन सकिने

 चैत २७, २०७६ बिहिबार १७:४७:३४ | उज्यालो सहकर्मी

काठमाण्डौ – ओमानले सबै विदेशी नागरिकलाई आफ्ना नागरिक सरह उपचार गराउने जनाएको छ । ओमानमा हुने विदेशी नागरिकलाई कोरोना सङ्क्रमण देखिएमा ओमानकै नागरिक सरह नि:शुल्क पचार हुने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यस्तै, अहिलेसम्म ओमानमा रहेका नेपाली श्रमिकमा सङ्क्रमण नदेखिएको पनि दूतावासले जानकारी दिएको छ । ओमानमा रहेका र घरबिदामा गएर भिसा सकिएको भएमा रोयल ओमान पोलिस ROP मार्फत अनलाइन आवेदन दिन सकिन्छ । त्यसैले भिसा सकिएमा यही वेवसाइटमार्फत आवदेन दिन दूतावासले आग्रह गरेको छ ।

यही चैत २८ गतेदेखि वैशाख १२ गतेसम्म ओमानको मस्कट प्रशासकीय क्षेत्रमा लकडाउन भएकाले यो अवधिमा अत्यावश्यक बाहेक बाहिर ननिस्कन र सुरक्षा सतर्कता अपनाउन दूतावासको आग्रह छ । कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन सकिन्छ ।

 

तपाईको प्रतिक्रिया