अलपत्र नेपालीलाई घर फर्काउन एनआरएनएले रणनीति बनाउँदै

 बैशाख ८, २०७७ सोमबार १३:५९:१६ | उज्यालो सहकर्मी

लन्डन – विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल नेपाल फर्काउन गैर आवासीय  नेपाली संघ (एनआरएनए)ले पहल थाल्ने भएको छ । खाडीमा श्रम गरिरहेका नेपालीहरु बिचल्लीमा परेका खबरहरु आइरहेको बेला संघले घर फर्काउने रणनीति तय गर्दै पहल थालेको हो ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अप्रिल महिनाको अन्त्यसम्म परदेशमा रहेका नेपालीलाई यथास्थानमा रहन अनुरोध गरिरहेका बेला एनआरएनएले उनीहरुलाई फर्काउने रणनीति बनाइरहेको जनाएको छ ।

संघको ‘कोभिड–१९’ उच्चस्तरीय समितिको बैठकमा विद्यार्थी, श्रमिक तथा विविध कारणले अवैधानिक रुपमा बस्दै आएका नेपालीहरुको विषयमा  छलफल भएको छ ।

आइतबार कन्फ्रेन्स कलमार्फत सम्पन्न बैठकमा एनआरएनए अध्यक्ष कुमार पन्तले विदेशबाट फर्कन चाहनेको संख्या हजारौं भएको भन्दै उनीहरुलाई नेपाल फर्काउन आफूहरु लागिरहेको बताउनुभयो ।

‘कुवेतमा मात्र ३ हजारभन्दा बढी कागजी प्रकृया पूरा नगरेका नेपालीको संख्या छ । यस्तै अन्य थुप्रै समस्याहरु छन् । कयौं नेपालीलाई स्थानीय सरकारले सहयोग नगरेपछि उनीहरुलाई नेपाल फर्काउने बारेमा कुरा भैरहेको पन्तले बताउनुभयो ।
 

 

1 Comments

  • Dut prasad gurung

    April 23, 2020, 8:35 p.m.

    म नेपाल गएर कोभिद १९ को जांच गरेर सरकारले जति दिन भन्छ त्यति नै दिन क्वरेनटीनमा बस्छु / मेरो मोवाइल नं 0586681174

तपाईको प्रतिक्रिया