बहराइनले माग्यो कामदारको ‘सीभी’, कामको खोजीमा रहेका नेपालीलाई सम्पर्क गर्न दूतावासको आग्रह

 जेठ २७, २०७७ मंगलबार २०:२१:५४ | उज्यालो सहकर्मी

काठमाण्डौ – के तपाईं बहराइनमा कामको खोजीमा हुनुहुन्छ रु यदि हुनुहुन्छ भने बहराइन राज्यको श्रम बजार नियामक अख्तियारले जारी गरेको वेबसाइटमा आफ्नो विस्तृत विवरण पेश गरेर काम पाउन सक्नुहुन्छ ।

बहराइनमा रहेको नेपाली दूतावासले जनाएअनुसार बहराइन सरकारले जारी गरेको https://www.talentportal.bh/ वेबसाइटमा आफ्नो श्रम सम्बन्धी दक्षता र क्षमता खुल्ने व्यक्तिगत विवरण पेश गरेर काम पाउन सकिन्छ । 

यसरी वेबसाइटमा राखेको विवरणबाट त्यहाँका रोजगारदाताले आफूलाई आवश्यक परेअनुसार कामदारसँग सिधै सम्पर्क गर्न सक्छन् ।

लकडाउनका कारण बहराइनमा रोजगारी गुमाएका वा कामको खोजीमा रहेका नपालीले त्यो वेबसाइटमा आफ्नो विवरण पेश गर्न सक्ने दूतावासले जनाएको छ ।

 

3 Comments

तपाईको प्रतिक्रिया