साउदीको रियादबाट असार ७ मा नेपाल एअरलाइन्सले उडान भर्ने, ४४५ जना प्राथमिकतामा

 असार ३, २०७७ बुधबार १७:४४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल एअरलाइन्सले आउँदो आइतबार अर्थात जुन २१ गते साउदीको रियादबाट चार्टर्ड उडान भर्ने भएको छ ।

यो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा ४४५ जना नेपाली रहेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । प्राथमिकतामा परेका नेपालीको सूची दूतावासले नेपाल एअरलाइन्सको प्रतिनिधिलाई दिइसकेको जनाएको छ । यो उडानमार्फत स्वदेश फर्कनेले कोरोना जाँचको प्रमाण साथैमा राख्नुपर्नेछ ।

तर जहाजको टिकट काटेपछि मात्र कोरोना जाँच गराउन प्राथमिकतामा परेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ । रियादमा आफूलाई पायक पर्ने ठाउँमा गएर पनि कोरोनाको जाँच गर्न सकिन्छ । नजिकको स्थानबाट कोरोना जाँच गराउन समस्या भएमा कृष्ण भूषाललाई ०५९८२५६७१८ मा सम्पर्क गर्न दूतावासले भनेको छ ।

रियादबाट काठमाण्डौ आउनका लागि ४६५ अमेरिकी डलर अर्थात १७४४ साउदी रियाल तोकिएको छ । टिकट कम्पनीले नकाटिदिएमा आफ्नै खर्चमा काट्नु पर्छ । टिकट काट्न नेपाल एअरलाइन्सको आधिकारिक गिफ्ट ट्राभल एण्ड टुर का सुरेशराज त्रिपाठीलाई ००९६६५८०५९६१४० मा सम्पर्क गर्न सकिन्छ ।

फर्कने यात्रु चार घण्टाअघि नै विमानस्थल पुग्नुपर्ने र कोरोना सङ्क्रमण जोखिम कम हुने सबै सुरक्षाका उपायहरु अपनाउनु पर्नेछ ।

प्राथमिकतामा परेकाको सूची

तपाईको प्रतिक्रिया