फेरि वैदेशिक रोजगारी खुलाउने सरकारको निर्णय, आफ्नै खर्चमा फर्कन नसक्नेलाई सरकारी खर्चमा ल्याउन कार्यविधि बन्दै

 असार ५, २०७७ शुक्रबार २०:४६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले कोरोनाको कारण रोकिएको वैदेशिक रोजगारी फेरि खुला गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको शुक्रबार बसेको बैठकले बिदामा आएकासँगै नयाँ रोजगारीमा जान दिने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदरीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । अध्ययनका लागि जाने विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ ।

बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुको स्वदेश फिर्तीका लागि कार्यविधि बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । यसअघि असार १ गते सर्वोच्च अदालतले विदेशमा समस्यामा परेका, आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकको उद्धारमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी ल्याउन अन्तरिम आदेश जारी गरेको थियो ।

त्यही आदेशअनुसार कस्ता श्रमिकलाई कसरी ल्याउने भनेर श्रम मन्त्रालयले कार्यविधि बनाउने काम अघि बढाइसकेको छ ।

विदेशबाट ल्याइएका शव व्यवस्थापनको जिम्मा पनि श्रमलाई दिइएको छ । अन्र्तराष्ट्रिय उडान नहुँदा लामो समयदेखि विदेशमा नेपालीको शव रोकिएका छन् । आज कतारले २० जना नेपालीको शव भने चार्टर्ड जहाजमार्फत पठाएको छ ।

5 Comments

  • Bhim Gautam

    June 20, 2020, 5:38 p.m.

    Good decision

  • Gopi krishna baral

    June 20, 2020, 7:41 a.m.

    यसरी थुनेर मात्र पनि त भएन। कोरोनासंग साबधानी अपनाउनु मा अभ्यस्त हुनुपर्यो । देशमै नया रोजगार सरकार ले सृजना गर्न सक्दैन भदाभन्दै तर जसको रोजगार खाडीमा चलिराथ्यो र उनिहरु छुट्टि मा आएर अड्किएका थिए ।तिनको रोजगार पनि फुत्कने सम्भाबना बढ्दै गयो। कम्सेकम नया श्रमिक पठाउन रोकेपनी छुट्टिमा आएकाहरुलाइ त कसरी पठाउन सकिन्छ ? त्यो ब्यबस्था सरकारले मिलाउनतिर सोच्नुपर्यो।

  • Chhatra

    June 19, 2020, 10:03 p.m.

    नयाँलाई रोजगारको लागि जान दिने खबर सुनेर अत्यन्त खुशी भएँ....ऋणमा डुबेर मर्न लागिसकें, कृपया छिटो भन्दा छिटो खोलिदिनुहोला /

  • Shambhu neupane

    June 19, 2020, 9:08 p.m.

    सरकारले यो सहि निर्णय गरेको छ , विदेश जान दिने भएछन / विदेश नगई यहाँ पैसा नै हुन्न /

  • Manmohan khadka

    June 19, 2020, 8:54 p.m.

    नेपालवाट जाने कहिलेलाई हुन्छ, म छुट्टीमा नेपाल आएको , अब जाने व्यवस्था गर्नुपर्यो /

तपाईको प्रतिक्रिया