कतारबाट स्वदेश फर्कंदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

 असार १७, २०७७ बुधबार १८:४४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ कतारमा विभिन्न समस्यामा परेर स्वदेश फर्कने तयारीमा हुनुहुन्छ र दूतावासले तपाईंको नाम प्राथमिकतामा राखेको छ ? छ भने स्वदेश फर्कनका लागि विभिन्न कुरामा ध्यान दिन दूतावासले अनुरोध गरेको छ ।

दूतावासले स्वदेश फर्कने नेपालीको सूची कतारको गृह मन्त्रालयमा पठाएको र गृह मन्त्रालयले स्वीकृत नगरेका व्यक्तिहरु पछि मात्र यात्रा गर्न पाउने छ ।

यस्तै दूतावासले कतारबाट स्वदेश फर्कने नेपालीलाई Ehteraz प्रयोग गर्न अनुरोध गरेको छ । यो एप नचलाएका व्यक्तिले यात्रा गर्न नपाउने भएकाले अनिवार्य रुपमा यो एप चलाउन दूतावासले अनुरोध गरेको छ । यो एप मोबाइलमा डाउनलोड गरी कतारी आइडी नम्बर लगायतका विवरण राखी प्रयोग गर्न सकिन्छ ।

यस्तै रोजगारदाताले इस्केप रिपोर्ट दर्ता गएका व्यक्तिको हकमा भने एअरलाइन्सबाट यात्रा गर्ने दिनसहितको टिकट लिएर सर्च एण्ड फलोअफ डिपार्टमेण्टमा आफैं गएर हवाई टिकटमा डिपार्टमेन्टको छाप लगाउन र अनिवार्य रुपमा स्वीकृति लिएर मात्र उडान गर्न सकिने भएकाले दूतावासले यो प्रक्रिया गर्न पनि आग्रह गरेको छ ।

कतारबाट नेपालीको स्वदेश फिर्तीका लागि जुलाई २,४, ७ र ९ तारिखमा उडान भर्ने तालिका रहेको र हिमालय एअरलाइन्सले ४ र ७ जुलाईमा उडान गर्ने तालिका रहेको दूतावासले जनाएको छ ।

3 Comments

  • Rabin Kumar khatri

    July 15, 2020, 4:26 p.m.

    खै के आस गर्नु ? फेब्रुअरी देखि बिना काम बसेको छु ..कस्तो मान्छे प्राथमिकतामा पर्ने हो ?? हुने खानेलाई मात्र हो यो फ्लाइट ...५ महिना विना काम कोठामा बस्नेलाई थाहा छ पीडा के हो भनेर ..त्यसैले सहयोग गर्नुस हजुर ...#जयनेपाल

  • Gokarna Bahadur pulami magar

    July 2, 2020, 3:52 a.m.

    हामी त दशैंमा फर्किने हो , अनि कतारी आइ डी पनि अगस्तमा सकिन्छ / अक्टोबरमा जानको लागि के के गर्नुपर्छ / अहिले देखि नै जान्न पाए सजिलो हुनेथियो कि ? कृपया भन्दिनुस न /

  • Surya Ghimire

    July 1, 2020, 11:25 p.m.

    काम नभएको ५ महिना हुन लाग्यो , फर्म भरेको धेरै भयो ..५ हजारमा मेरो नाम आएको तर अहिले सम्म फ्लाइटभएको छैन ...अहिले सम्म नाम आउँदैन ..के भएको ??

तपाईको प्रतिक्रिया