हिमालय एअरलाइन्सको नयाँ उडान तालिका सार्वजनिक, कहाँबाट कहिले ?

 असार १८, २०७७ बिहिबार ७:३१:५१ | रासस
unn.prixa.net

काठमाण्डौ – हिमालय एअरलाइन्सले विभिन्न देशबाट नेपालीको स्वदेश फिर्तीका लागि जुलाई महिनामा हुने चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ ।

विदेशमा समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि जुलाई २ देखि १० सम्मको उडान निर्धारण गरिएको एअरलाइन्सले जनाएको छ । हिमालयले जुलाई आज बिहीबार माल्दिभ्सको मालेमा चार्टर्ड उडान गर्नेछ । जुलाई २, ४, ६, ८ र १० तारिखमा यूएईको अबुधाबी उडान गर्ने कार्यतालिका छ । जुलाई ५, ६, ९ र १० तारिखमा साउदी अरेबियाको दमामा उडान भर्नेछ । 

त्यस्तै जुलाई २, ५ र ९ तारिखमा कुवेत, जुलाई ४ र ७ मा कतारको दोहा, जुलाई ५ र ७ मा मलेसियाको क्वालालम्पुर र जुलाई ८ मा चीनमा चार्टर्ड उडान भर्ने तालिका रहेको एअरलाइन्सले जनाएको छ । 

हिमालयको उडानमार्फत स्वदेश फर्कने यात्रुले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ रहेको प्रमाण टिकट बुकिङको समयमा अनिवार्य पेश गर्न आग्रह गरिएको छ ।
 

तपाईको प्रतिक्रिया