साउदी सरकारले २०४ जनालाई दियो बहिर्गमन भिसा, ६० दिनभित्र साउदी छाड्नुपर्ने

 असार १९, २०७७ शुक्रबार ११:१८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदी सरकारले २०४ जनालाई बहिर्गमन भिसा दिएकाे छ । साउदीमा कम्पनीले आवासीय अनुमतिपत्र अकामा नबनाइदिएका र नवीकरण नगरेका कारण स्वदेश फर्कनको लागि आवश्यक समन्वय गर्न दूतावासले साउदी सरकारलाई गरेको अनुरोध अनुसार २०४ जनाको बहिर्गमन भिसा लागेको दूतावासले जनाएको छ ।

साउदीबाट स्वदेश फर्कनका लागि रोजगारदाताको बहिर्गमन भिसा चाहिन्छ । यो नहुँदा स्वदेश फर्कन पाइँदैन। त्यसैले विभिन्न समयमा स्वदेश फर्कने इच्छा राख्दै दूतावासमा आफ्नो विवरण टिपाउनेमध्ये २०४ जनाले बहिर्गमन भिसा पाएको दूतावासले जनाएको छ । अन्यको पनि साउदीले भिसाको दिने प्रक्रिया थालेको छ । दूतावासमा विवरण टिपाउनेहरुको विवरणसहित दूतावासले साउदी सरकारलाई अनुरोध गरिसकेको छ ।

यसरी फर्कनेहरुले भिसा लागेको ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्कनुपर्छ । आउँदो हप्ता रियाद र दमामबाट केही उडानहरु हुने भएकाले यी उडानमार्फत स्वदेश फर्कने प्रयास गर्न दूतावासले अनुरोध गरेको छ ।

साथै, बहिर्गमन भिसाका लागि आवेदन दिन बाँकी रहेका अकमा नभएका, हुरुव(रोजगारदाताले मुद्दा लगाइदिएको) लागेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने दूतावासले जनाएको छ ।

1 Comments

  • Ram mandal dhanuk

    July 4, 2020, 10:07 p.m.

    मेरो अकामा २ सालदेखि एक्सपायर छ , कम्पनीले बनाइदिंदैन / म घर जान चाहन्छु , के छ प्रक्रिया ? कृपया जानकारी दिनुस /

तपाईको प्रतिक्रिया