साउदीमा ‘एक्जिट भिसा’ नलिई घर फर्कने टिकट नकाट्न दूतावासको अनुरोध

 असार २१, २०७७ आइतबार ८:२४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीबाट नेपाल फर्कन प्राथमिकतामा परेका नेपालीलाई ‘एक्जिट भिसा’ लिएपछि मात्रै टिकट काट्न दूतावासले अनुरोध गरेको छ ।

दूतावासमा निवेदन दिँदा ‘एक्जिट भिसा’ लागेको उल्लेख गरेको तर एक्जिट भिसा नलागेकाले पनि हवाइ टिकट काटेको पाइएको भन्दै त्यसो नगर्न दूतावासले सचेत गराएको हो ।

दूतावासले ‘एक्जिट भिसा’ लागेको भनेर उल्लेख गरेको आधारमा नाम प्रकाशन गर्ने गरे पनि ‘एक्जिट भिसा’ नलिइ टिकट काट्दा गम्भीर समस्या उत्पन्न भएको बताएको छ । साउदीबाट स्वदेश फर्कनका लागि ‘एक्जिट भिसा’ अनिवार्य छ ।

तपाईको प्रतिक्रिया