एअर अरेबियामार्फत यूएई जानेलाई ७२ घण्टाभित्रको पीसीर रिपोर्ट अनिवार्य

 साउन २, २०७७ शुक्रबार १०:३५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एअर अरेबियामार्फत यूएई जाने यात्रुले ७२ घण्टा भित्रको पीसीआर जाँचको रिपोर्ट पेश गर्न पर्ने भएको छ ।

नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, अफगानिस्तान, सुडान र इजिप्टबाट यूएई जाने यात्रुले बोर्डिङ पास लिंदा मान्यताप्राप्त ल्याबबाट कोरोना पीसीआर जाँच गरेको रिपोर्ट पेश गर्न पर्ने एअर अरेबियाले जनाएको छ । 

अएर अरेबियामार्फत यूएई जाने यात्रुका लागि एअरलान्सले नयाँ निर्देशिका जारी गर्दै यस्तो नियम लागू गरेको हो । यूएई जुलाई ७ देखि पर्यटकका लागि पनि खुलेको छ । यूएईका ठूलाठूला मलहरु पनि खुलिसकेका छन् । 

नेपालबाट पनि यूएई जानका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या धेरै रहेको छ । असार १८ गतेदेखि पुनःश्रम स्वीकृति खुलेसँगै १२ सय ५२ जनाले यूएई जान पुनः श्रम स्वीकृति लिएका छन् । 
 

तपाईको प्रतिक्रिया