विदेशी नागरिकलाई प्रवेश अनुमति दिनेबारे कुवेतले समीक्षा गर्दै

 साउन ९, २०७७ शुक्रबार १०:४३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोनाको कारण कुवेत फर्कन नपाएका विदेशी नागरिकको बसोबासको अनुमतिका लागि कुवेतले समीक्षा गर्ने भएको छ ।

बिदामा आफ्नो देश गएका र कोरोना महामारीका कारण तोकिएको समयमा फर्कन नपाएकाको कुवेतको बसोबासको अनुमतिका सन्दर्भमा समीक्षा गरेर निर्णय लिने कुवेतको अन्तरिक मन्त्रालयले जनाएको छ । कुवेतले विभिन्न विकल्पमाथि छलफल गरिरहेको छ ।

समयमा फर्कन नपाउँदा प्रवेश अनुमति सकिएकाको हकमा भिजिट भिसामार्फत प्रवेश अनुमित दिने र रोजगारदाताबाट बसोबासको भिसा लिने विकल्प पनि अघि सारेको छ । तर यस सम्बन्धमा थप विचार गर्ने कुवेतले जनाएको छ । यस सम्बन्धमा गरिएको अध्यनले भने तीन समूहका नागरिकलाई प्रवेश नदिन सुझाव दिएको छ ।

६० वर्ष माथिका, झुटा कम्पनीबाट भिसा लिएका र कुवेतको मुख्य क्षेत्रमा काम नगर्ने अर्थात सामान्य कामदारको रुपमा कार्यरत श्रमिकलाई अहिले प्रवेशको अनुमति नदिन सुझाव दिइएको छ । घरेलु श्रमिकको सन्दर्भमा भने उनीहरुको उमेर र पृष्ठभूमिमा भर पर्नेछ । ६० वर्ष माथिकाको हकमा भने उनीहरुलाई प्रवेश गर्न नदिइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया