म्याग्दीको पात्ले गाउँमा विद्युतीय सेवा विस्तार
असोज २८, २०८१ सोमबार
काठमाण्डौ – भदौ १६ गतेदेखि हुने नियमित र चार्टर्ड उडान तालिका सार्वजनिक भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार नियमित र विभिन्न देशबाट हुने चार्टर्ड उडानको तालिका बनाएर यसअनुसार मिलाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको हो । भदौ १७ अर्थात सेम्टेम्बर २ देखि ३० सम्मको नियमित उडान तालिका सार्वजनिक भएको छ ।
नियमिततर्फ विभिन्न देशबाट सेम्टेम्बर २ देखि ३० सम्म ६० वटा उडान हुने भएका छन् भने २७ वटा चार्टर उडान हुने छन् ।
मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरि १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ ।
त्यस्तै, स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगमलाई जापानको नारिता, दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको छ । अर्को हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुदाबीमा उडानको अनुमति दिइएको छ ।
यो एक महिनाको अवधिमा १० वटा विदेशी र दुईटा नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान गर्ने छन् । सरकारले दैनिक ५ सयसम्म मात्रै यात्रु ल्याउन दिने कोटा तोकेकाे छ ।
पीसीआर परीक्षण सहज नभएका देशबाट नियमित उडान नभई चार्टर्ड उडान नै हुनेछ । साउदी, कुवेत, बहराइन, कतार लगायतका देशमा अलपत्र परेका नेपाली ल्याउन एक महिनामा २७ वटा चार्टर उडान गर्न अनुमति दिएको छ । यी देशबाट नेपाल एअरलाइन्स, हिमालय एअरलायन्स, कतार एयरवेज, जजिरा एअर, र सलाम एअरले चार्टर्ड उडान गर्ने छन् ।
नियमित उडान तालिका
चार्टर्ड उडान तालिका
Roshan Manandhar
Aug. 26, 2020, 8:20 p.m.के यो खबर सही हो र ....आज मैले बिहानदेखि सबै एयरलाइन्सको अफिसमा कल गरें , उनीहरुले थाहा नै छैन भने ...उता दाइ एयर अरेबियाको एजेन्सीमा गयो, त्यहाँ सोध्दा पनि फ्लाइट छैन भन्छ / किन यस्तो दु:ख दिएको होला झोठो खबर दिएर ..यस्तै केस केही अघि होटेल क्वरेन्टिनको कुरामा भयो ..भक्तपुरको होटेल भ्यु र प्लानेट लिष्टमा आयो, सम्पर्क गर्दा होटेल मालिकलाई नै थाहा छैन भन्छ क्वरेन्टिनको लागि ...धेरै दु:ख दियो यो सरकारले, के गरम ??