साउदीबाट घर फर्कन बहिर्गमन भिसा लागेको छैन ? दूतावासमा निवेदन दिनुहोस्

 भदौ १४, २०७७ आइतबार १५:१७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीबाट स्वदेश फर्कनु पर्नेछ, तर बहिर्गमन भिसा लागेको छैन ? यदि त्यस्तो छ भने तपाईँले साउदीमा रहेको नेपाली दूतावासमा बहिर्गमन(एक्जिट भिसा)का लागि निवेदन दिनु पर्नेछ ।

साउदीमा गएपछि नै अकामा नबनाइदिएका, पाँच महिनाभन्दा लामो समयदेखि अकामाको म्याद सकिएका र कम्पनीले हुरुप लगाएका तथा कम्पनी छाडेकाहरुले यो समयमा स्वदेश फर्कनका लागि चाहिने बहिर्गमन भिसा(एक्जिट भिसा) का लागि निवेदन दिन सकिन्छ ।

निवेदन दिन ०५०००२१४०९ मा ह्वाट्स्एपमार्फत कागजात पठाउन सकिन्छ ।

बहिर्गमन भिसाका लागि निवेदन दिँदा दूतावासमा पासपोर्टमा आफ्नो फोटो रहेको पाना, अकामा( पाँच महिनाभन्दा लामो समयदेखि सकिएको भएमा), अकामा नबनाएको भएमा साउदी जाँदा साउदीको एअरपोर्टमा अध्यागमन काउन्टरमा लेखिएको बोर्डर नम्बर(यस्तो नम्बर अरबी भाषामा पासपोर्टको पानामा लेखिन्छ) दूतावासमा पेश गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया