म्याग्दीको पात्ले गाउँमा विद्युतीय सेवा विस्तार
असोज २८, २०८१ सोमबार
काठमाण्डौ – वैदेशिक रोजगार कार्यालय ताहाचलले भोलिदेखि श्रम स्वीकृति दिने भएको छ ।
कर्मचारीमा कोरोना पुष्टि भएपछि असोज १४ गतेदेखि सेवा प्रवाह बन्द भएकोमा भोलिदेखि सेवा सञ्चालन हुने कार्यालयले जनाएको हो । कर्मचारीमा कोरोना देखिएकाले कार्यालयले अनिश्चितकालका लागि श्रम स्वीकृतिसहित सबै सेवा बन्द गरेको थियो ।
तत्कालै गन्तव्य देशमा पुग्न नसके रोजगारी गुम्न सक्ने जस्तो अवस्था भएका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै पुनः सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ । सेवाग्राहीले भौतिक दूरीका साथै स्वास्थ्यसम्बन्धी अरु मापदण्ड पालना गर्न कार्यालयले आग्रह गरेको छ । यस्तै गोलो घेरो लगाएको ठाउँमा उभिएर मात्र सेवा लिन र सेवा लिनुभन्दा पहिले साबुनपानीले हात धुन अनिवार्य गरिएको छ ।