यूएईमा घरेलु श्रमिकले घरमा पैसा पठाउँदा आफैं एक्सचेन्जमा उपस्थित हुनुपर्ने

 असोज २१, २०७७ बुधबार १०:१६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अब यूएईमा कार्यरत घरेलु श्रमिकले घरमा पैसा पठाउँदा आफैं उपस्थित हुनुपर्ने भएको छ ।

घरेलु श्रमिकले घरमा पैसा पठाउँदा एक्सचेन्ज हाउसमा आफैं उपस्थित हुनुपर्ने खबर गल्फ न्युजले लेखेको छ ।

घरेलु श्रमिक आफैं उपस्थित हुन नसकेमा स्पोन्सर रोजगारदाताले श्रमिककोतर्फबाट पठाइदिन सक्नेछन् । तर रोजगारदाताले पैसा पठाइदिँदा श्रमिकसँग अनुमति लिएको पत्र एक्स्चेन्जमा देखाउनु पर्नेछ । श्रमिकले अनुमति दिएको आधिकारिक प्रमाणपत्र साथमा ल्याएमा मात्र रोजगारदाताले पैसा पठाइदिन पाउनेछन् । नत्र पाइने छैन ।

यूएईको सेन्ट्रल बैंकले यो नियम अब भने कडाइका साथ लागू गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया