वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज

 असोज २३, २०७७ शुक्रबार १५:३२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज भएका छन् ।

तोकिएको समयमा धरौटी रकम बुझाउन नसकेको र पेश गरेको सफाइ पनि सन्तोषजनक नभएको देखिएकाले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगार नियमावलीको पाँचौं संशोधन अनुसार विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले सूचीकरण हुँदा पाँच लाख रुपैयाँ नगद धरौटी जम्म गर्नुपर्ने हुन्छ । नियमावलीको पाँचौ संशोधन लागू हुनुभन्दा अघि मन्त्रालयमा सूचीकरण भइसकेको स्वास्थ्य संस्थाले पाँचौं संशोधन लागू भएको मितिले तीन महिनाभित्र नपुग धरौटी रकम दुई लाख रुपैयाँ वैदेशिक रोजगार विभागमा जम्मा गर्नुपर्छ ।

तर ३५ वटा स्वास्थ्य संस्थाले नपुग रकम नबुझाएको र दिएको सफाइ पनि सन्तोषजनक नभएपछि श्रम मन्त्रालयले सूचीकरण खारेज गरेको हो ।

यी हुन् खारेजीमा परेका स्वास्थ्य संस्था

तपाईको प्रतिक्रिया