यूएईमा मार्च १ भन्दा अघि भिसा सकिएकालाई स्वदेश फर्कन समय थप

 मंसिर ३, २०७७ बुधबार १४:२३:२५ | उज्यालो सहकर्मी

काठमाण्डौ – यूएईले भिसाको अवधि सकिएर अवैधानिक भएका आप्रवासी श्रमिकलाई स्वदेश फर्कन समय थपिदिएको छ । 

मार्च एकभन्दा अघि भिसा सकिएर अवैधानिक रुपमा यूएईमै बसिरहेकालाई २०२० को अन्त्यसम्म कुनै पनि जरिबाना बिना स्वदेश फर्कने अवसर दिएको खबर गल्फ न्युजले लेखेको छ ।

यसअघि यूएईले भिसाको अवधि सकिएकाहरु नोभेम्बर १७ सम्म स्वदेश फर्किसक्नुपर्ने भनेको थियो । तर फेरि मंगलबार अर्को निर्णय गर्दै ३१ डिसेम्बर २०२० सम्ममा स्वदेश फर्कन सक्ने व्यवस्था गरेको छ । 

यूएईले दिएको यो अवसरको सदुपयोग गरेर स्वदेश फर्कनेले भिसा सकिएपछि त्यहाँ बसेबापत लाग्ने कुनै पनि जरिवाना तिर्न पर्दैन । यूएई सरकारको पछिल्लो निर्णय अनुसार भिजिट, टुरिष्ट भिसा र बसोबासको भिसा १ मार्च २०२० भन्दाअघि सकिएकाहरु बिना जरिवाना स्वदेश फर्कन सक्नेछन् ।

तपाईको प्रतिक्रिया