घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनशिपको तयारी पूरा
असोज २२, २०८१ मंगलबार
कोरोना महामारीले संसारलाई सताएको बेला रोजगारीका लागि परदेश पुगेका धेरै नेपाली नागरिकलाई पनि समस्या पर्यो । नेपालीको श्रम गन्तव्य देश खाडी र मलेसियामा कतिले रोजगारी गुमाउनुभयो ।
कतिपय अलपत्रै पनि पर्नुभयो । उहाँहरुजस्तै श्रमिकको उद्धारका लागि भनेर सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी उद्धार गर्न निर्देशिका पनि बनायौं । त्यो निर्देशिकाले विदेशमा अलपत्र परेकालाई उद्धार गर्ने विभिन्न मापदण्डहरु तोकेको छ भने त्यहाँ जिम्मेवारीको कुरा पनि छ ।
निर्देशिकाले सबैभन्दा पहिला त सम्बन्धित देशमा रहेको रोजगारदातालाई जिम्मेवार बनाएको छ । श्रमिकले काम गर्ने कम्पनी वा रोजगारदाताको पहिलो दायित्व भएकाले यो महामारीको समयमा धेरैजना त रोजगारदाताको समन्वयमा नै घर फर्कनुभयो । रोजगारदाता कम्पनीले नै टिकटको व्यवस्था गर्यो ।
यो निर्देशिका अनुसार प्रक्रिया के हो भने सम्बन्धित देशमा रहेका नेपाली दूतावासमा निवेदन दिने, दूतावासले मन्त्रालयमा सिफारिस गर्ने र बोर्डमार्फत पैसा निकासा गर्ने भन्ने थियो । त्यो अन्तर्गत हामीले ८६ जनालाई मलेसियामा पैसा पठायौं पनि ।
जो श्रम स्वीकृति लिएर जानुभएको थियो, उहाँहरुमध्ये १ लाख १५ हजार जनाले स्वदेश फर्कन पाउँ भनेर निवेदन दिनुभएको थियो । त्यसमध्ये करिब ९० हजार आउनुभयो र बाँकी आउनुभएन । गन्तव्य देशमा अवस्था सामान्य हुँदै गएपछि उहाँहरु काममा लाग्नुभयो ।
अति नै समस्यामा परेका छौं घर फर्कन चाहन्छौं भन्नेहरु पनि पछि भएपछि उतै बस्नुभयो । जति फर्कनुभयो । उहाँहरु धेरैजसो रोजगारदाताले टिकट दिएर आउनुभयो भने कतिपय आफ्नै खर्चमा पनि फर्कनुभयो ।
सुरुवातमा कोरोना महामारी सुरु भएपछि करिब पाँच छ लाख श्रमिक फर्कनुहोला भन्ने हाम्रो प्रारम्भिक अनुमान थियो । तर त्यो अनुमान अनुसार भएन । हामीले समस्यामा परेकाको उद्धारका लागि जुन निर्देशिका पठायौं, त्यो निर्देशिका अनुसार उद्धार गर्नुपर्ने श्रमिकको सूची नै हामीलाई आएन ।
पहिला केही नियोगहरुले कार्यान्वयन गर्न कठिन हुने कुरा पनि गर्नुभएको थियो । तर श्रम मन्त्रालयको तर्फबाट हामीले त्यस्ता मानिस कति छन् भनेर नाम पठाइदिनुस् भनेर पत्र पठायौं । तर त्यो निर्देशिका अनुसार स्वदेश फर्काउन पर्ने श्रमिकको नाम पछिल्लो चरणमा हामीकहाँ आएको छैन ।
मुख्य गन्तव्य देश मलेसिया, साउदी, कतार, यूएई लगायतका देशमा त्यस्ता श्रमिक कति हुनुहुन्छ, के कारणले आउन सक्नुभएन हामीलाई नाम सहित पठाइदिनुस् हामी यताबाट जसरी पनि म्यानेज गर्छौं भनेर पठायौं, तर आएको छैन । कुनै दूतावासले पनि पठाउनुभएन ।
हाम्रो अनुमान सुरुमा के थियो भने यो महामारी सुरु भएपछि झण्डै पाँच ६ लाख श्रमिकहरु स्वदेश फर्कनुहुन्छ, उहाँहरुलाई फर्काउन पर्छ भन्ने थियो । त्यही अनुसार नै नियोगमार्फत स्वदेश फर्कन चाहनेका लागि भनेर हामीले निवेदन माग्यौं । जसमा १ लाख २५ हजार जतिको निवेदन परेको हो ।
निवेदन पर्नेहरुमा सबैजना आउनु भएन । जम्मा ९० हजार मात्र फर्कनुभयो । कतिपय देशमा काम र कम्पनी सुरु भएपछि उहाँहरु त्यही काममा फर्कनुभयो र स्वदेश आउनुभएन । साथै यदि कसैलाई त्यस्तो आवश्यकता छ भने नामसहित पठाइदिनुहोस् भनेर अहिले पनि हामीले नेपाली नियोगहरुलाई भनेका छौं ।
यो कार्यान्वयन नै गर्न नपरेको होइन । हाम्रो वैदेशिक रोजगार ऐन र कार्यविधिले कतिबेला कसले के गर्ने भन्ने कुरा त्यहाँ उल्लेख छ । जस्तो कुन अवस्थामा म्यानपावर कम्पनीले व्यवस्था गर्नुपर्ने, कुन अवस्थामा रोजगारदाताले व्यवस्था गर्नुपर्ने भन्ने छ । यो कोभिडको समयमा धेरैलाई रोजगारदाताले नै सहयोग गर्नेपर्ने अवस्था थियो । त्यही अन्तर्गत नै धेरै आउनुभयो ।
केही चाहिँ सहयोगी संस्था हुनुहुन्थ्यो, उनीहरुको सहयोगमा पनि धेरै जान आउनुभयो । त्यही हुँदा पनि कोही आउन सक्नुभएन, पाउनुभएन भने कल्याणकारी कोषको रकम छ त्यसमार्फत उद्धार हुन्छ भनेका हौं । हामीले नाम लिष्ट पठाउनुस् भनेर दूतावासहरुलाई पनि भन्यौं । जुन देशबाट नाम आयो त्यो देशमा हामीले पैसा पनि पठायौं । तर धेरै ठाउँबाट आएन ।
तर हामीले जुन अवस्था सृजना होला, जुन सङ्ख्यामा श्रमिकहरु आउनुहोला भन्ने अनुमान लगाएका थियौं त्यो अवस्था भने भएन । त्यति हुँदाहुँदै पनि हामीले त्यो निर्देशिकालाई केही खुकुलो बनाऔं, केही सहज बनाऔं, भनेर हामीले प्रक्रिया अघि बढाएका छौं ।
केही मन्त्रालयसँग सुझाब मागिरहेका छौं । आजको दिनमा बुझ्दा पनि आउने मान्छेभन्दा पनि जाने मानिसको सङ्ख्या धेरै छ । एकदुई दिनको तथ्याँक हेर्ने हो भने पनि फर्कनेकोभन्दा जानेको नै सङ्ख्या धेरै छ । जानेको सङ्ख्या बढेको छ ।
तपाईँ परदेशमा अलपत्र पर्नुभएको छ भने त्यो देशको दूतावासमा सम्पर्क गर्नुहोस् । आफू रहेका देशमा रहेका नेपाली नियोगमा सम्पर्क गर्नुहोस् । अलपत्रै पर्नुभएको छ, पैसाको कारण घर फर्कन सक्नुभएको छैन भने हामी तुरुन्तै उद्धार गर्छौं ।
राहत र चार्टड उडानहरु बन्द भएको हो । तर जुन देशमा राहत र चार्टर्ड उडानहरु भएको छैन त्यो देशमा नियमित उडानहरु भइरहेको छ । जतिबेला नियमित उडानहरु बन्द थियो, जहाजहरु उडेका थिएनन् । त्यो बेलामा समस्यामा परेका नागरिक ल्याउनका लागि राहत र उद्धार उडानहरु सञ्चालन गरेका थियौं ।
तर अहिले नियमित उडान सुरु भएपछि उद्धार उडानको अवश्यकता छैन । त्यही भएर हो । मानिस आउन नपाउने भन्ने हैन । चैत ९ भन्दाअघि जुन अवस्था थियो, त्यो अवस्थामा नै अहिले जहाजहरु सञ्चालन भएकाले मात्र चार्टर्ड उडानहरु बन्द भएको हो । तर सरकारले राहत नै नदिने उद्धार नै नगर्ने भनेर बन्द भएको भने होइन ।
नेपाल सरकार अहिले पनि त्यस्तो अलपत्र अवस्थामा केही हुनुहुन्छ भने उसको उद्धार गर्न तयार छ । हाम्रो श्रम मन्त्रालयमा खबर गर्दा पनि हुन्छ अथवा सम्बन्धित देशमा रहेका नेपाली नियोगमा सम्पर्क गर्दा पनि हुन्छ । दूतावासले हामीलाई पत्रचार गर्छ । त्यसको २४ घण्टाभित्र पैसा पठाउँछौं उहाँको उद्धार हुन्छ ।
यदि कोही श्रमिक यो निर्देशिकाको मापदण्ड भित्र पर्नुहुन्छ र आफ्नै खर्चमा घर आइसक्नुभएको छ भने पनि निवेदन दिन पाउने व्यवस्था यो निर्देशिकाले नै गरेको छ । निवेदन दिन पाइन्छ । तपाईँ अलपत्र हुनुहुन्थ्यो, काम गुमाउनुभयो र आफ्नै खर्चमा आउनुभयो र त्यसका प्रमाणहरु तपाईँसँग छ भने निवेदन दिनुहोस् ।
तपाईँहरुको लागेको पैसा हामी सोधभर्ना गर्छौं । र यदि तपाईँलाई यो प्रक्रिया अप्ठेरो लागेको छ भने पनि के मा अप्ठेरो भएको छ के भए सजिलो हुन्थ्यो भनेर पनि भन्नुहोस् । हामी त्यसलाई पनि सहज बनाउने कोशिस गर्नेछौं । तपाईँ अहिले पनि परदेशमा समस्यामा पर्नुभएको छ भने दूतावासमा सम्पर्क गर्नुहोस् ।
समस्यामा परेर घर फर्कनुभएको छ र निर्देशिकाको मापदण्डमा पर्नुहुन्छ भने रकम सोधभर्नाका लागि निवेदन दिनुहोस् । परदेशमै काममा फर्कनुभएको छ भने पनि सुरक्षित भएर काम गर्नुहोस् भन्न चाहन्छु ।
(सचिव तोयम रायासँग सन्जिता देवकोटाले गर्नुभएको कुराकानीमा आधारित ।)
तोयम राया श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव हुनुहुन्छ ।
AAIT BAHADUR BISHWAKARMA
May 30, 2021, 1:29 p.m.साउदीमा करार अवधि सकेर बसेको २ महिना भयो र पारिवारिक समस्याका कारण नेपाल फर्कने तरखरमा थिएँ तर बिचमा सरकारले अन्तराष्ट्रिय उडान बन्द गरेर बिजोग बनाइदियो र अहिले न काम छ न माम नै छ बिजोग भएर बस्नु परेको छ। उडानको प्रतिक्षामा बसेको छु।