मुनलाइट म्यानपावरलाई रकम बुझाएका व्यक्तिलाई उजुरी दिन र रकम नबुझाउन विभागको अनुरोध

 मंसिर १०, २०७७ बुधबार ८:१०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जान मुनलाइट इन्टरनेशनल प्रालिलाई रकम बुझाएका व्यक्तिलाई १५ दिनभित्र उजुरी दिन वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

प्रलिका सञ्चालक सम्पर्कमा नआएको र वैदेशिक रोजगार ऐन विपरित काम गरेको भन्दै प्रालिको सबै कारोबार रोक्का राखेको विभागले विदेश जान पैसा बुझाएका व्यक्तिलाई विभाग, आफ्नो नजिकको श्रम कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी दिन अनुरोध गरेको हो ।

यूरोप लगायतका देश पठाउने भन्दै विभागबाट स्वीकृति नै नलिई अन्तर्वार्ता लिइरहेको सूचनाको आधारमा गएको कात्तिक ४ गते विभागको टोली मुनलाइट इन्तरनेशनल प्रालिको आकश्मिक अनुगमनमा खटिएको थियो । तर विभागको टोली कार्यालय पुग्दा कार्यालय बन्द रहेको र सञ्चाललाई बारम्बार सम्पर्क गर्दा पनि अहिलेसम्म सञ्चालक विभागमा उपस्थित नभएपछि विभागले म्यानपावरको २ कोठामा सिलबन्दी गरेको छ ।

विभागले म्यानपावरको सबै कारोबार रोक्का राखेको छ भने अर्को सूचना नआउँदासम्म यो म्यानपावरबाट विदेश जान रकम र राहदानी नबुझाउन अनुरोधसमेत गरिएको छ ।

1 Comments

  • Parbati khadka

    Nov. 25, 2020, 8:27 a.m.

    म बिभागमा उपस्थित भएको र सम्पुर्ण इमेल हरुको जवाफ दिरहेको ले यस्तो वाहियात खबर देखेर अचम्मित परेकी छु। मेरो कम्पनि दुरुपयोग गरि यस्तो मेरो बदनाम गर्न र गराउन खोज्ने हरु लाई भगवानले कहिले माफ गर्ने छैनन।

तपाईको प्रतिक्रिया