विदेश जाँदा अब कल्याणकारी कोषमा र म्यादी जीवन बीमाको रकम अनलाइनमार्फत जम्मा गर्न सकिने

 मंसिर १८, २०७७ बिहिबार १२:२०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने श्रमिकले अब अनलाइनबाटै म्यादी जीवन बीमा र कल्याणकारी कोषमा अनलाइनबाटै रकम जम्मा गर्न सक्ने भएका छन् ।

यसअघि तोकिएको बैंकमा गएर तिर्नुपर्नेमा अब भने ईसेवा फोन पे प्रालि, स्प्यारो पे प्रालिबाट रकम तिर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

अनलाइनमार्फत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी जीवन बीमा जारी गर्नेछ ।

यसरी अनलाइमार्फत रकम जम्मा गर्दा श्रमिकले एक रुपैयाँ पनि शुल्क तिर्नु पर्दैन

तपाईको प्रतिक्रिया