म्याग्दीको पात्ले गाउँमा विद्युतीय सेवा विस्तार
असोज २८, २०८१ सोमबार
काठमाण्डौ – कतार प्रहरीमा जान राहदानी र रकम बुझाएकालाई सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।
वैदेशिक रोजगारीको लागि कतार प्रहरीमा पठाइदिने भन्दै विभागको पूर्व स्वीकृतिबिना गैर कानुनी रुपमा अन्तर्वार्ता लिने म्यानपावरमा कागजात तथा रकम बुझाएकालाई सम्पर्कमा आउन विभागले आग्रह गरेको हो ।
यसअघि विभागबाट खटिएको टोलीले एसओएस म्यानपावर सर्भिस प्राली, होप इन्टरनेशनल प्राली र डीडी ह्युमन रिर्सोस प्रालीमा अनुगमन गर्दा विभागको पूर्व स्वीकृतिबिना अन्तर्वार्ता लिएको तथा लिइरहेको अवस्थामा भेटाएको थियो । ती संस्थाबाट आवश्यक कागजात लिइ अहिले तिनीहरुमाथि छानविन भइरहेको विभागले जनाएको छ ।
कसैले यी म्यानपावर तथा म्यानपावरसँग सम्बन्धित व्यक्तिलाई कतार प्रहरीमा जानको लागि भनेर आफ्नो कागजात तथा रकम बुझाएको भए तीस दिन अर्थात् पुष २१ गतेभित्र उजुरी दिन विभागले सूचना जारी गरेको छ । उजुरी वैदेशिक रोजगार कार्यालय वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा दिन सकिनेछ ।
यस्तै विभागको अनुगमन शाखाको इमेल ठेगाना [email protected] मा समेत मेल गरेर उजुरी दिन सकिने विभागले जनाएको छ ।