१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न मलेसिया जाने नेपाली ...
पुस २६, २०८१ शुक्रबार
काठमाडौं – अबदेखि घरेलु कामदारसहित नेपाली कामदारले विदेशस्थित नेपाली दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन पाउने भएका छन् ।
वैदेशिक रोजगार ऐनमा रहेको व्यवस्थालाई संशोधन गरेर यो व्यवस्था लागू गर्न लागिएको हो । पछिल्लो व्यवस्था मन्त्रिपरिषदबाट पास भइसकेको छ । संसदबाट संशोधन पास हुनेबित्तिकै कामदारले विदेशबाटै श्रमस्वीकृति लिन पाउनेछन् ।
सरकारले तत्काललाई विदेशमा घरेलु काममा पठाउन रोक लगाएको छ । यही व्यवस्थाका कारण घरेलु काममा पनि राम्रो काम र कमाइ गरिरहेका थुप्रै घरेलु कामदार स्वदेश फर्कन पाएका थिएनन् ।
नेपाल फर्किएपछि श्रम स्वीकृति नहुने भएकाले धेरै घरेलु कामदार भिसा अवधिभन्दा धेरै समय विदेशमा बस्न बाध्य थिए । अब विदेशबाटै श्रम स्वीकृति हुने भएपछि घरेलु कामदार सहित सबै कामदार श्रम स्वीकृति लिन नेपाल आउनु पर्ने झण्झटबाट मुक्त हुनेछन् ।
दुई पटकभन्दा बढी श्रम स्वीकृति लिन पाउने व्यवस्था हुँदा कामदार नेपाल नफर्किने अवस्थालाई ध्यान दिंदै यो व्यवस्था ल्याइएको स्रोतले जनाएको छ ।
श्रम स्वीकृतिको लागि नेपाली कामदारले सास्ती खेप्दै आएकाले श्रम मन्त्री गोकर्ण विष्टको पहलमा नयाँ व्यवस्था गर्न लागिएको हो ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।
राधा सुवेदी
Sept. 24, 2018, 4:38 p.m.कहिले बाट लागू हुन्छ?
Archana thapa
Sept. 19, 2018, 1:38 p.m.Very good news
Dawa gyalmo dong
Sept. 19, 2018, 12:50 p.m.Great job dherai ramaro or dherai khusi hami kamdhar ko lagi yo karey garnu vako ma think you so much
दर्पन शाही
Sept. 19, 2018, 7:13 a.m.सरकारको प्रससनिय कार्य
कुमार आङ्देम्बे
Sept. 19, 2018, 6:49 a.m.तपाइँलाई यो सुबिधा ल्याउनु भएकोमा धन्यवाद सर र मलेसिया कहिले खोल्नु हुन्छ कि सधाको लागि बन्द हो कि जान्कारी पाउ सर कति बिरोज्गार भएर नेपालमा भाउतारिएको छन् पेस गरेको पासपोर्ट थन्किएको छ न अरु देस नाई जाने न मलेसिया हामी जन्ता ले घाटा भोगी रा छौं कृपया तुरुन्त जान्कारी पाउ सर
nand raj panthi
Sept. 19, 2018, 3:49 a.m.good
Chandra singh
Sept. 19, 2018, 1:17 a.m.यो कार्य एकदम राम्रो गर्नुभयो , अब समय मै आउन जान सहज होस् /
Bhuwan Prasad marasini
Sept. 19, 2018, 12:38 a.m.Great job for us
घनश्याम भण्डारी
Sept. 19, 2018, 12:14 a.m.धेरै राम्रो काम हो छिटै लागू होस
राज कुमार चपाइ छेत्री
Sept. 18, 2018, 10:23 p.m.धेरै राम्रो काम
Ramesh lal shrestha
Sept. 18, 2018, 8:56 p.m.हामी बिदामा नेपाल आएर जान नपाउनेको हकमा चाहिँ के हुन्छ ?
Ganga pathak
Sept. 18, 2018, 8:40 p.m.स्वागतयोग्य काम /