मलेसिया पुग्नुभएका मकवानपुरका सोमर विमानस्थलबाट कम्पनी नपुग्दै सम्पर्क विहीन

 मंसिर २७, २०७९ मंगलबार १०:४७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालबाट रोजगारीका लागि मलेसिया पुग्नुभएका मकवानपुरका सोमर सिंह घलान विमानस्थलबाट कम्पनी जाँदै गर्दा बाटो मै हराउनुभएको छ ।

११ नोभेम्बरका दिन क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारदाता कम्पनीको बसमा मलेसियाकै जोहोरबारुतर्फ जाँदै गर्दा हराउनुभएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । कम्पनीले उहाँलाई विमानस्थलबाट कम्पनीकै बसमा राखेर कार्यस्थल रहेको स्थान मलेसियाकै जोहोरबारु लगिरहेको थियो ।

क्वालालम्पुरबाट कम्पनीतर्फ जाँदा मलेसियाकै कम्पुङ बेम्वानमा खान खान बस रोकेको दूतावासले जनाएको छ । त्यसपछि बस सिधै कम्पनीको होस्टेलमा पुगेको थियो । तर कम्पनीको होस्टेलमा पुग्दा सोमर हुनुहुन्थ्येंन ।

विमानस्थलबाट जोहोरबारुसम्मको यात्राकै क्रममा उहाँ हराउनुभएकाले कहीँ कतै देखे वा भेटेमा सम्पर्क गरिदिन दूतावासले सूचना जारी गरेको छ । दूतावासमा ०१६२४७२७७७ नम्बरमा फोन तथा भयलपगबबिगिmउगच२mयाब।नयख।लउ मा इमेल गर्न सकिन्छ । 

तपाईको प्रतिक्रिया