सुपरमार्केटको काममा स्वीजरल्याण्ड पठाइदिन्छु भन्दै सात लाख ठगी गर्ने पक्राउ

 जेठ १०, २०८० बुधबार ११:३०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – वैदेशिक रोजगारीमा स्वीजरल्याण्ड पठाइदिन्छु भन्दै रकम लिएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 काभ्रेको बनेपा नगरपालिका ४ की पार्वती थापाले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीको लागि स्वीजरल्याण्ड पठाइदिने भन्दै पटक पटक गरी सात लाख २० हजार लिएर ठगी गरेको आरोपमा पक्राउ गरेको हो । 

उनले स्वीजरल्याण्ड जान सात लाख २० हजार रुपैयाँ लाग्छ  र उता पुगेपछि सुपरमार्केटको काममा महिनाको एक लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभन देखाएकी थिइन ।

तर रकम लिएर फरार भएपछि तुलारामले वैदेशिक रोजगार विभाग काठमाण्डौमा उजुरी दिनुभएको थियो । 

उजुरीपछि विभागले पार्वतीको खोजी गरी पक्राउ गरिदिन भन्दै प्रहरीलाई पत्राचार गरेको र विभागको पत्र अनुसार नै पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि विभागमा बुझाएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया