लाल प्रसाद साँवा लिम्बू

प्रतिनिधिसभा सदस्य
झापा-४

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५५
प्राप्त मत
२९३१५
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

लालप्रसाद साँवा लिम्बूको जन्म वि.स. २०२४ असार २७ गते झापाको सतासीधाममा भएको हो । दुई छोराका बुवा लालप्रसादले विज्ञान संकायमा स्नातक गर्नुभएको छ । साँवा वि.स.२०३६ सालदेखि अनेरास्ववियुको सदस्य भएर राजनीतिमा प्रवेश गर्नुभएको हो ।

वि.स. २०४७ देखि नेकपा एमालेको पार्टी सदस्यता लिनुभएका साँवा वि.स. २०६२ सालमा वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष हुनुभयो । वि.स. २०६९ सालमा नेकपा एमालेको उद्योग वाणिज्य व्यवसाय महासंघको केन्द्रीय सचिव भएका साँवा वि.स. २०७० सालको चुनावमा झापा ५ बाट उम्मेदवार बने पनि पराजित हुनुभएको थियो । तर उहाँ २०७४ काे चुनावमा झापा ४ बाट विजयी हुनुभएकाे थियाे ।