नेपाल कम्युनिष्ट पार्टी (एमाले)

घोषणा पत्र

नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) बीच एकीकरण भइ २०४७ पुस २२ गते नेकपा एमालेको स्थापना भएको हो । नेकपा एमाले २०७४ सालको संसदीय चुनावपछिको नेपालको सबैभन्दा ठूलो राजनीतिक दल हो । अहिले पार्टी अध्यक्षमा केपी शर्मा ओली हुनुहुन्छ । एमालेको प्रमुख सिद्धान्तको रुपमा मदन भण्डारीद्धारा प्रतिपादित बहुदलीय जनवाद रहेको छ । 
नेकपा एमालेले पाँच पटक सरकारको नेतृत्व गरेको छ । जसमा मनमोहन अधिकारीले एक पटक, केपी शर्मा ओलीले दुई पटक, माधवकुमार नेपालले एक पटक र झलनाथ खनालले एक पटक नेतृत्व गर्नु भएको छ । २०७८ भदौमा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय समिति सदस्य र झलनाथ खनाल लगायत सांसदले, नेकपा (एकीकृत समाजवादी) नामक नयाँ दल गठन गरेसँगै दल विभाजित भएको थियो ।
२०७५ जेठ ३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन भएको थियो र यो दल लगभग दुई तिहाइ बहुमत सहित नेपालको सबैभन्दा ठूलो दल बन्न पुगेको थियो । तर २०७७ फागुन २४ गते सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि एमाले र माओवादी केन्द्र फेरि बिउँतिए । 
२०७८ साउनमा एमालेका २२ जना प्रतिनिधि सभा सदस्यले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा मतदान गरेका थिए । त्यसपछि भदौमा एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन भयो । पार्टी विभाजनपछि २०७८ सालमा भएको १० औं महाधिवेशनबाट केपी शर्मा ओली एमालेको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।


 

थप