राजेन्द्र प्रसाद गौतम

प्रतिनिधिसभा सदस्य
संखुवासभा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५९
प्राप्त मत
२६७२१
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

एमाले केन्द्रीय सदस्य राजेन्द्रप्रसाद गौतम सङ्खुवासभाको चैनपुर–५ फलाटेमा २०१९ साल पुष ५ गते जन्मनुभएको हो । गौतमको राजनीतिक यात्रा २०३२ सालमा रातो झण्डा समूहमा आवद्ध भएपछि सुरु भएको थियो । २०३६ सालमा जिल्लामा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका गौतम २०३४ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्ष हुनुभयो । २०४४ देखि ०४८ सम्म विराटनगरको नगर उप–सचिव भएका गौैतम २०५९ देखि ०६५ नेकपा एमाले कोशी अञ्चल सचिव हुनुभयो । २०६५ देखि नेकपा एमाले कोशी अञ्चल प्रमुख रहेका गौतम अहिले नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सचिव हुनुहुन्छ । उहाँले मानविकी संकायबाट स्नातकोत्तर गर्नुभएको छ । उहाँ २०७० सालको संविधानसभा चुनावमा संखुवासभा–२ बाट पराजित हुनुभएको थियो भने २०७४ काे चुनावमा संखुवासभा क्षेत्र नं‌ १ बाट विजयी हुनुभएकाे थियाे ।