बिजय सुब्बा

प्रतिनिधिसभा सदस्य
तेह्रथुम

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६४
प्राप्त मत
१८६३१
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्षसमेत रहनुभएका विजय सुब्बाको राष्ट्रिय राजनीतिमा राम्रो पकड रहेको मानिन्छ । उमेरले ६४ वर्षमा पुग्नुभएका सुब्बा गीतसंगीतमा राम्रो दख्खल र जनताका सुखदुःखका गीत गाउने नेताका रूपमा पनि चिनिनुहुन्छ ।

वि.स. २०४८ र २०५६ मा जिल्लाबाट प्रत्यक्ष निर्वाचित भएका सुब्बा बीचमा एमाले छोडेर संघीय समाजवादीतिर लाग्नुभएको थियो । तर पछि फेरि २०७१ मा एमालेमै फर्किनुभयो । जिल्लाको राजनीतिमा करिब २० वर्षदेखि गुमनाम बनेका सुब्बालाई अहिले फेरि एमालेले उम्मेदवार बनाएको छ । वि.स. २०७४ मा भने उहाँ समानुपातिकबाट सांसद बन्नुभएको थियो ।