शेरधन राई

प्रतिनिधिसभा सदस्य
भोजपुर

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५१
प्राप्त मत
२६२०२
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा पूर्व सञ्चारमन्त्री शेरधन राईकाे जन्म २०३१ सालमा भोजपुरको थिदिंखामा भएकाे हाे । राईले समाजशास्त्र विषयमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । राई यसअघि ३ पटक भोजपुर २ बाट सांसद निर्वाचित भइसक्नुभएकाे छ । राई २०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बन्नुभएकाे थियाे ।

२०४४ सालदेखि अनेरास्ववियूमार्फत क्रियाशिल भएर भोजपुर जिल्ला कमिटी अध्यक्ष र २ कार्यकाल अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य बनेका राई २०५०–२०५४ सम्म अनेरास्ववियूको पूर्वाञ्चल प्रमुख बन्नुभयो । उहाँ नेकपा एमाले भोजपुरको प्रमुख पदमा ४ कार्यकाल निर्विरोध निर्वाचित हुनुभयो । उहाँले २०४४ देखि २०४६ चैत २६ गतेसम्म भूमिगत जीवन पनि बिताउनुभएको थियो ।

उहाँ २०७४ को चुनावमा भोजपुर १ ख बाट प्रदेश सभामा विजयी भएर प्रदेश १ को पहिलो मुख्यमन्त्रीसमेत बन्नुभएको थियो ।