राजेन्द्र कुमार राई

प्रतिनिधिसभा सदस्य
धनकुटा

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५६
प्राप्त मत
३०१०१
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेकपा एमालेका नेता राजेन्द्र राईको जन्म धनकुटाको मुगा गाउँमा २०२२ साल भदौ २९ गते भएको हो । मुगाकै सरस्वती प्राथमिक विद्यालयबाट अध्ययन थालेका राजेन्द्रको माध्यामिक तह गोकुण्डेश्वर माविमा पढ्दादेखि नै अनेरास्वावियुबाट प्रभावित भएपछि त्यहिँबाट राजनीतिक संलग्नता सुरु भयो । २०३६ सालमा काठमाण्डौको चावहिलमा अनेरास्ववियूको एकताको पाँचौ राष्ट्रिय सम्मेलनमा उहाँ कान्छो प्रतिनिधिका रूपमा सहभागी हुनुभएको थियो ।

२०४२ सालमा माथिल्लो गोकुण्डेश्वरबाट एसएलसी दिएलगत्तै पूर्णकालीनरूपमा पार्टीमा काम गर्न थाल्नुभयो । उहाँ धनकुटामा शिक्षकको आन्दोलनमा विद्यार्थी नेताको हैसियतमा सक्रिय हुनुभएको थियो । धनकुटा बन्दका क्रममा उहाँ गिरफ्तारमा परेपछि ४१ दिन हिरासतमा बसेपछि राजकाज मुद्दामा विराटनगर जेलमा २ वर्ष बिताउनु भयो । तर जेलबाट निस्किएपछि २०४९ सालमा जिल्ला विकास समितिको सदस्यमा निर्वाचित राई ०५१ सालमा जिविस उपसभापतिमा निर्वाचित हुनुभयो ।

त्यसपछि पार्टीको सचिवालय सदस्यदेखि किसान महासंघको केन्द्रीय सदस्य र राष्ट्रिय कफी तथा चिया विकास बोर्डको उपाध्यक्षको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । २०६२०६३ सालको जनआन्दोलनमा जनपरिचालन गर्न पनि उहाँ उत्तिकै सक्रियता रह्यो । २०६६ सालको असारमा भएको एमाले जिल्ला अधिवेशनबाट धनकुटाको जिल्ला अध्यक्ष भएका राजेन्द्र फेरि दोश्रो कार्यकालका लागि अध्यक्ष हुनुभएको हो । राईले नेतृत्व गरेको धनकुटामा नेकपा एमाले सबै स्थानीय तहमा विजयी भएपछि उहाँलाई एमालेले स्थानीय तहको चुनावको ‘म्यान आफ दि म्याच’ समेत घोषणा गरेको थियो । यस्तै उहाँ २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वामगठबन्धनका तर्फबाट धनकुटाबाट निर्वाचित हुनुभएकाे थियाे ।