लाल बाबु पंण्डित

प्रतिनिधिसभा सदस्य
मोरङ-६

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६३
प्राप्त मत
२२९४६
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
इन्जिनियरिङ

नेकपा एमालेका नेता लालबाबु पण्डितको जन्म २०१५ सालको मंसिर १९ गते सर्लाहीमा भएको हो । कक्षा ५ सम्म घरमै अध्ययन गरेका पण्डितले पद्म पब्लिक हाईस्कुल, पाल्पाबाट एसएलसी दिनु भएको हो । उहाँले थापाथली क्याम्पसबाट इन्जिनियरिङ गर्नुभएको छ ।

नेपाल स्वतन्त्र मजदुर युनियनमा आवद्ध हुँदै उहाँले २०३५ सालबाट राजनीतिक यात्रा थाल्नु भएको हो । २०४६ र २०५६ सालको चुनावमा विजयी पण्डित २०६४ सालको चुनावमा समानुपातिकतर्फबाट सभाषद हुनु भएको थियो । २०५१ सालमा सुकुम्बासी समस्या समाधान आयोग मोरङको अध्यक्ष भएर समेत काम गरेका पण्डित २०७० सालमा सामान्य प्रशासन मन्त्री हुनुभयो । त्यतिबेला ग्रीनकार्ड, पीआर लगायत विदेशको स्थायी बसोवास अनुमतिपत्र लिएका कर्मचारीलाई सरकारी सेवामा अयोग्य रहने कानुन ल्याउन उहाँ सफल हुनु भयो । यस्तै उहाँ २०७४ काे चुनावमा माेरङ ६ बाट विजयी हुनुभएकाे थियाे ।