रामदेव साह(तेली)

प्रतिनिधिसभा सदस्य
सप्तरी-१

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६३
प्राप्त मत
१४३१२
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसका नेता रामदेव साह तेलीको जन्म २०१६ सालको असार २५ गते सप्तरीको तिरहुत गाउँपालिका – ४ मा भएको हो । २०३२ सालमा पवी मावि राजविराजबाट एसएलसी दिएका तेलीले निर्मली कलेज दरभंङ्गाबाट स्नातक गर्नुभयो ।

२०३८ सालमा नेविसंघबाट राजनीति सुरु गर्नु भएका तेलीले २०४८ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिनु भएको थियो । त्यस्तै २०५४ सालमा महाधिवेशन प्रतिनिधि तथा जिल्ला कोषाध्यक्षमा निर्वाचित हुनु भएका तेली २०४६ साल तथा २०६२/०६३ को आन्दोलनमा पनि क्रियाशील हुनुहुन्थ्यो । 

२०७४ सालको संसदीय चुनावमा तेली सप्तरी क्षेत्र नम्बर १ बाट पराजित हुनु भएको थियो ।