भुमि प्रसाद त्रिपाठी

प्रतिनिधिसभा सदस्य
धादिङ-१

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५७
प्राप्त मत
२७९९७
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर

नेकपा एमाले धादिङका नेता भूमिप्रसाद त्रिपाठी २०२४ साल असार २३ गते बेनिघाट रोराङ गाउँपालिका – ३ मलेखुको रिचोकटारमा जन्मिनुभएको हो ।
आदर्श मावि गजुरीबाट एसएलसी पास गरेका त्रिपाठीले नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।


२०३६ मा आदर्श मावि गजुरीमा अखिलको प्रारम्भिक कमिटी सदस्य भएर राजनीति सुरु गरेका त्रिपाठी त्यही बेलादेखि विद्यार्थी आन्दोलनमा सहभागी हुनुहुन्थ्यो ।
२०४९ सालमा नेपाल ल क्याम्पसमा स्ववियु सचिवमा निर्वाचित त्रिपाठीले २०७४ सालको संसदीय चुनावमा धादिङ क्षेत्र नम्बर १ बाट विजयी हुनु भएको थियो ।