कृष्‍ण बहादुर राई

प्रतिनिधिसभा सदस्य
काठमाडौं-३

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५३
प्राप्त मत
१११९६
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
पत्रकारिता र राजनीतिक शास्त्रमा स्नातक

नेकपा एमाले काठमाडौंका जिल्ला कार्य समितिका अध्यक्ष कृष्णबहादुर राईको जन्म २०२७ सालको भदौ ३ गते काठमाण्डौको जोरपाटीमा भएको हो । उहाँले पत्रकारिता र राजनीतिक शास्त्रमा स्नातक गर्नु भएको छ । २०४२ सालमा अखिल पाँचौमा आबद्ध हुँदै राजनीतिमा लागेका लागेका राई काठमाण्डौको जोरपाटीमा एमालेको विशेष प्रारम्भिक कमिटी सदस्य हुनुभयो । २०४६ सालको जनआन्दोलनमा उत्तरपूर्वी भेगको आन्दोलनको नेतृत्व गरेका राईले २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नुभयो ।


शंकर पोखरेल अध्यक्ष हुँदा अखिलको राष्ट्रिय परिषद सदस्य भएका राई २०४९ सालमा गाउँ कमिटीको सदस्य हुनुभयो । दुई पटक गाउँ कमिटीको अध्यक्ष भएका राई २०५१ सालमा विशेष जिल्ला कमिटीको सदस्य हुनुभयो । २०५४ सालमा उहाँ जोरपाटीको गाविस उपाध्यक्ष हुनु भएको थियो । त्यसपछि निरन्तर पार्टीको जिल्ला सदस्य भएका राई २०६७ सालमा जिल्ला कमिटीको उपाध्यक्ष हुनुभयो ।


२०७२ सालमा कार्यवाहक अध्यक्ष भएका राई त्यसपछि अध्यक्ष हुनुभयो । संविधान सभाका दुवै चुनाव भने राईका लागि सुखद रहेनन् ।
२०६४ सालको चुनावमा प्रत्यक्षमा सिफारिस भएपनि अन्तिममा समानुपातिकको सूचिमासमेत पर्नुभएन । २०७० सालको चुनावमा प्रत्यक्षमा सिफारिस भएका राई समानुपातिकको सूचीमा परे पनि सभासद बन्नु भएन । तर, २०७४ सालको संसदीय चुनाव काठमाण्डौ क्षेत्र नम्बर ३ बाट विजयी हुनुभयो ।