कमल थापा

प्रतिनिधिसभा सदस्य
मकवानपुर-१

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६७
प्राप्त मत
२५४६०
लिङ्ग
पुरुष
हालको पद
अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
शैक्षिक योग्यता
विज्ञानमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर

कमल थापा नेपाली राजनीतिमा चर्चित नाम हो । नेपाली राजनीतिमा निकै चतुर खेलाडीका रुपमा चिनिने कमल थापाको जन्म २०१२ तनहुँको भिजेदुङमा भएको हो । भुटनदेवी मावि हेटौंडाबाट माध्यामिक तहसम्मको शिक्षा सकेको कमल थापाले अमृत साइन्स क्याम्पसबाट विज्ञानमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर पास गर्नुभएको छ ।
२०२८ सालदेखि राप्रपाको राजनीतिमा लागेका कमल थापा २०४३, २०५१, २०७० सालमा सांसद हुनुभएको छ । २०६४ सालको चुनावमा मकवानपुर क्षेत्र नम्बर ३ बाट पराजित भएका थापा २०७० सालको चुनावमा भने श्रीमती प्रलिता थापालाई मकवानपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्षको उम्मेदवार बनाएर आफू समानुपातिक सूचिमा बस्नुभएको थियो ।
२०६/६३ को जनआन्दोलन दबाउन मुख्य भूमिका खेलेका कमल थापाले लोकतन्त्र विरोधीको रुपमा धेरै आलोचना पनि खेप्नुपरेको थियो । पटकपटक मन्त्री बनेका कमल थापालाई सत्ताको लागि मरिमेट्ने नेताको रुपमा आलोचना गरिन्छ । कमल थापा २०५२ सालमा स्थानीय विकास मन्त्री बनेका थापा २०५३ मा भौतिक योजना र परराष्ट्र, २०५४ मा कृषि र परराष्ट्र, २०५४ मै फेरि परराष्ट्र, २०६० सालमा सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्यमन्त्री, २०६२ सालमा गृह मन्त्री, २०७२ सालमा परराष्ट्र र स्थानीय विकास, २०७३ सालमा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री र २०७४ सालमा उपप्रधानमन्त्री तथा उर्जा मन्त्री बन्नुभएको थियो । 
२०७४ सालको चुनावमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नु भएका थापा पराजित हुनु भएको थियो । 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष थापा राप्रपाको महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि आफ्नै अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पार्टी खोल्नु भएको छ । तर, मंसिर ४ मा हुने चुनावमा भने उहाँ नेकपा एमालेको चुनाव चिन्ह लिएर मकवानपुर १ बाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।