सुरेन्द्र प्रसाद पाण्डे

प्रतिनिधिसभा सदस्य
चितवन-१

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६४
प्राप्त मत
२६६३४
लिङ्ग
पुरुष
हालको पद
उपाध्यक्ष, एमाले
शैक्षिक योग्यता
समाजशास्त्रमा स्नातकोत्तर र वाणिज्य शास्त्रमा स्नातक

पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको जन्म वि.सं २०१५ भदौ ९ गते गजुरी ८, धादिङमा भएको हो । तर अहिले उहाँको स्थायी बसोबास चितवन जिल्लामा छ । गजुरी मावि धादिङमा एसएलसीसम्मको पढाइ सकेका पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर र वाणिज्य शास्त्रमा स्नातक पूरा गर्नुभएको छ । 


उहाँले विसं २०३१ सालदेखि तत्कालीन कोअर्डिनेशन केन्द्रबाट कम्युनिष्ट राजनीति सुरु गर्नुभएको हो । २०५६ सालको संसदीय निर्वाचनपछि राष्ट्रिय सभाको सदस्य बनेका पाण्डे २०६४ सालमा संविधानसभामा नेकपा एमालेका तर्फबाट समानुपातिकबाट सभासद् छानिनुभयो । पाण्डे २०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा अर्थमन्त्री हुनुहुन्थ्यो ।


२०७० र २०७४ सालको चुनावमा उहाँ चितवन १ बाट विजयी हुनु भएको थियो ।