कृष्ण भक्त पोख्रेल

प्रतिनिधिसभा सदस्य
चितवन-२

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५५
प्राप्त मत
१४६५२
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
कानुनमा स्नातकोत्तर

कृष्णभक्त पोखरेल को जन्म २०२४ साल असार २० गते चितवनको पार्वतीपुर ४ मा भएको हो । उहाँका बुबाको नाम विश्वनाथ पोखरेल र आमाको नाम रेवकुमारी पोखरेल हो । उहाँका ३ छोरी छन् । उहाँले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातकोत्तर गर्नुभएको छ । 


नेकपा एमाले चितवनको जिल्ला अध्यक्ष भएका पोखरेल २०४९ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको सचिव हुनु भएको थियो ।


उहाँ २०७० सालको चुनावमा चितवन ३ बाट र २०७४ सालमा भने चितवन २ बाट विजयी हुनु भएको थियो । कानुन व्यवसायीसमेत रहेका पोखरेलले चितवन जिल्ला अदालतमा वकालत पनि गर्दै आउनु भएको छ ।