एमालेकी सचिव पद्मा अर्यालको जन्म २०२५ सालको पुसमा स्याङ्जाको वालिङ १४ मा भएको हो । पूर्णामृत भवानी उच्च माविबाट एसएलसीसम्मको अध्ययन गर्नुभएकी अर्याललले भक्तपुर बहुमुखी क्याम्पसबाट बीएड पास गर्नुभएको छ ।
२०३९ सालमा अनेरास्ववियूमार्फत राजनीति सुरु गर्नुभएकी अर्याल २०६९ सालदेखि नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । पद्मा अर्याल २०७० सालको चुनावमा समानुपातिक प्रणालीमार्फत सभासद् बन्नुभएको थियो । भने २०७४ सालको चुनाव उहाँले स्याङ्जा क्षेत्र नम्बर २ बाट जित्नु भएको थियो । उहाँ कृषि तथा पशुपक्षी विकासमन्त्री तथा भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रीसमेत भइसक्नु भएको छ ।