टोप बहादुर रायमाझी

प्रतिनिधिसभा सदस्य
अर्घाखाँची

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६०
प्राप्त मत
४२६७५
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

अहिले नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी पहिले माओवादी केन्द्रका प्रभावशाली नेता हुनुहुन्थ्याे । २०१७ सालको कात्तिकमा अर्घाखाँचीको अर्घा फलेपतमा जन्मिएका नेता रायमाझीले माध्यामिक तहसम्मको शिक्षा जनज्योति मावि अर्घाखाँचीबाट पूरा गर्नुभएको हो ।

काठमाडौंको अमृत साइन्स क्याम्पसबाट विज्ञान विषयमा स्नातक गरेका नेता रायमाझीले २०३४ सालदेखि कम्युनिष्ट राजनीति थाल्नुभएको हो । २०५२ सालदेखि भएको सशस्त्र युद्धमा नेता रायमाझीले ५ वर्ष भूमिगत र २ वर्ष बन्दी जीवन बिताउनुभएको छ । २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा उहाँ अर्घाखाँची १ बाट सांसद बन्नुभएको थियो । यस्तै २०७४ काे प्रतिनिधि सभाकाे चुनावमा एमालेसँगकाे गठबन्धनमा उहाँ माओवादीबाटै विजयी हुनुभयाे । अहिले उहाँ एमालेमा हुनुहुन्छ । उहाँले एक पटक उपप्रधानमन्त्रीसहित विभिन्न सरकारमा ५ पटक मन्त्री भैसक्नुभएको छ ।