कोमल वली

प्रतिनिधिसभा सदस्य
दाङ-३

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५३
प्राप्त मत
२९०९२
लिङ्ग
महिला
हालको पद
शैक्षिक योग्यता

लोक गायिका तथा रेडियो नेपालकी समाचार वाचिकाको परिचय बनाउनुभएकी वली अहिले राजनीतिक यात्रामा हुनुहुन्छ । उहाँले रेडियो नेपालको जागिर छाडेर विक्रम सम्वत २०७३ सालमा राप्रपा प्रवेश गर्नुभएको थियो । तर राप्रपाले आफूलाई भूमिकाविहीन बनाएको भन्दै फेरि २०७४ सालमा कोमल वली एमाले प्रवेश गर्नुभयो ।

दाङको घोराहीमा एमालेको बृहत सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोमललाई एमालेमा प्रवेश गराउनुभएको थियो । त्यसपछि एमालेबाट राष्ट्रिय सभा सदस्य रहेकी वली यसपटक प्रतिनिधि सभा चुनावमा सहभागी हुन लाग्नुभएको हो ।