‘हामी नेपाली हाम्रो नेपाल’ अभियानका अभियन्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध हुनुहुन्छ । २०७८ को फागुन ६ मा शाहीको अभियान ‘हाम्रो नेपाल हामी नेपाली’ राप्रपामा विलय भएसँगै उहाँ राप्रपामा जोडिनुभएको हो । शाहीलाई राप्रपाको प्रवक्ताको जिम्मेवारी दिइएको छ । जुम्लामा जन्मिनुभएका शाही भ्रष्टाचार विरोधी अभियान्ताको रुपमा पनि चिनिनुहुन्छ ।