राष्ट्रिय प्रजातन्त्र पार्टी

घोषणा पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वि.सं. २०४७ साल जेठ १५ गते गठन भएको हो । राष्ट्रिय पञ्चायत समाप्त भएपछि दुई पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले यसको नेतृत्व गरेका थिए । पार्टीले आफ्नो पहिलो महाधिवेशन वि.सं. २०४९ सालमा काठमाण्डौमा सम्पन्न गरेको थियो । यो पार्टीले हिन्दु राष्ट्रवाद, संवैधानिक राजतन्त्रवाद र उदारवादी अर्थतन्त्रलाई अँगिकार गर्छ । 
२०६१ माघ १९ ज्ञानेन्द्र शाहले शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारलाई बर्खास्त गरेर प्रत्यक्ष शासन लागू गरेपछि लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर उहाँले २०६० जेठ २२ गतेका दिनमा राजीनामा दिएपछि त्यो ठाउँमा सूर्यबहादुर थापा नियुक्त हुनुभयो । यसरी यो पार्टीबाट दुई जना नेता देशको प्रधामन्त्री बन्नुभयो । २०७८ को महाधिवेशनमा तत्कालीन पाटी अध्यक्ष कमल थापाको पराजय भएपछि अहिले यस पार्टीको अध्यक्षता राजेन्द्र लिङ्देनले गरिरहनुभएको छ ।
राप्रपामा पटकपटक विभाजन र एकता हुँदै आएको छ ।

थप