अछामका झपटबहादुर बोहोरा २०७४ को चुनावमा अछाम क्षेत्र १ ख बाट प्रदेश सभा उम्मेदवारमा विजयी हुनुभएको थियो । त्यसपछि उहाँ सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभयो । तर पूर्व माओवादीबाट मन्त्री बनेका बोहरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षतिर खुलेपछि पदबाट राजीनामा दिनुभएको थियो ।