श्रीमान् यूएईमा बितेपछि आफ्नै परिवार पराई भयो

 माघ २९, २०७९ आइतबार
unn.prixa.net

 

उनले १७ वर्षकै उमेरमा श्रीमान् गुमाइन । परदेशी भूमिमा श्रीमान् बितेपछि उनले आफ्नै परिवारबाट आरोप, अवहेलना र लन्छना सहिन । ससुराले छोरा अविवाहित भन्दै वैदेशिक रोजगार बोर्डबाट पाउने आर्थिक सहायता पनि लिन खोजे । तर सुरक्षित आप्रवासन सामी परियोजनाको साथ पाएकाले उनले दुःखमा पनि आफूलाई कमजोर महसुस गरिनन् । परिवारसँगै लड्दै भिड्दै अघि बढ्दै छिन् ।